Kodo Fulyo Barima

2 views

Lyrics

चरी-र-रि ररी-रै
 चरी-र-रि ररी-रै
 चरी-र-रि ररी-ररी-रै
 चरी-र-रि ररी-रै
 चरी-र-रि ररी-रै
 चरी-र-रि ररी-ररी-रै
 बर्ष र दिनको रमाइलो चाड
 गाउँ घरमा आइपुग्यो
 नेपाली जनको महान पर्व
 आगनमा आइपुग्यो
 हो दशैँ आयो
 हो दशैँ आयो
 हो दशैँ आयो
 हो दशैँ आयो
 कोदो फुल्यो बारीमा लरिलै
 धानको बाला झुल्यो खेतैमा
 कत्ती राम्री देखिन्छेउ बरीलै
 जमरा र रातो टिकैमा
 ♪
 साईको घडी हातैमा लरिलै
 ढाका तोपी ढल्क्यो सिरैमा
 तिमीलाई नि सुहाउछ बरीलै
 जमरा र रातो टिकैमा
 हो हो हो दशैँ आयो
 हो हो हो दशैँ आयो
 ♪
 पिढिमा बसी औला भाँची
 छोराको आउने दिन गन्दै थिइन्
 पिढिमा बसी औला भाँची
 छोराको आउने दिन गन्दै थिइन्
 दशैँको दिन ती बुढि आमै
 आइ पुग्दा छोरो दङ्गै छिन्
 भादौरे झरी छुटेर जादाँ
 असोजमा नौलो रङ छाउछ
 ठुलाको हात सानाको माथा
 आशिष दिदै दशैँ आउछ
 हे एक्लै भयौ चमेली लरिलै
 राख मलाई पिंगको सिटैमा
 कत्ती राम्री देखिन्छेउ बरीलै
 जमरा र रातो टिकैमा
 ♪
 फुल्दछन खुशी जमरा भरि
 निधारमा अछेता हाँस्दछन्
 हो फुल्दछन खुशी जमरा भरि
 निधारमा अछेता हाँस्दछन्
 मुग्लान जाने आफन्तलाई
 घर आउ भनी डाक्दछन्
 हो ...
 ती पल्लाघरे लाहुरे दाइले
 पर्देशको कोसेली बाड्दैछन्
 लाहुरेनी भाउजु मुसु मुसु हाँस्दै
 भित्र र बाहिर गर्दैछिन्
 कोदो फुल्यो बारीमा लरिलै
 धानको बाला झुल्यो खेतैमा
 नेपालीलाई सुहाउछ बरिलै
 जमरा र रातो टिकैमा
 हो दशैँ आयो
 हो दशैँ आयो
 चरी-र-रि ररी-रै
 चरी-र-रि ररी-रै
 चरी-र-रि ररी-ररी-रै
 चरी-र-रि ररी-रै
 चरी-र-रि ररी-रै
 चरी-र-रि ररी-ररी-रै
 दशैँ आयो
 चरी-र-रि ररी-रै
 चरी-र-रि ररी-रै
 चरी-र-रि ररी-ररी-रै
 दशैँ आयो
 चरी-र-रि ररी-रै
 चरी-र-रि ररी-रै
 चरी-र-रि ररी-ररी-रै
 दशैँ आयो
 

Audio Features

Song Details

Duration
06:37
Key
2
Tempo
150 BPM

Share

More Songs by Udit Narayan

Albums by Udit Narayan

Similar Songs