Chari

3 views

Lyrics

एउटी सानी चरी
 धेरै दिन अघि देखि
 एउटी सानी चरी
 धेरै दिन अघि देखि
 झुक्राएर बसी रहेथ्यो
 टोलाएर बसी रहेथ्यो
 त्यसलाई खै के भएको छ है
 कसैलाई पनि थाहा नै भएन
 त्यसलाई खै के भएको छ है
 कसैलाई पनि थाहा नै भएन
 एउटी सानी चरी
 धेरै दिन अघि देखि
 एउटी सानी चरी
 धेरै दिन अघि देखि
 झुक्राएर बसी रहेथ्यो
 टोलाएर बसी रहेथ्यो
 त्यसलाई खै के भएको छ है
 कसैलाई पनि थाहा नै भएन
 त्यसलाई खै के भएको छ है
 कसैलाई पनि थाहा नै भएन
 शायद कसैले गुलेली पो हान्यो कि
 शायद कसैले ढुंगाले पो हान्यो कि
 शायद कसैले गुलेली पो हान्यो कि
 शायद कसैले ढुंगाले पो हान्यो कि
 त्यसको अर्को मिल्ने जोडीलाई
 त्यसको आफ्नो प्रियतमलाई
 ♪
 शायद कसैले चोरेर पो लग्यो कि
 शायद कसैले गुँडमै पो फोर्यो कि
 शायद कसैले चोरेर पो लग्यो कि
 शायद कसैले गुडमै पो फोर्यो कि
 उसका अन्डा बचेराहरूलाई
 उस्का स-साना छोराछोरीलाई
 बिचरी चरी पिरमा परि
 एकदिन त्यो पनि आफै मरी
 बिचरी चरी एक्लो परि
 एकदिन त्यो पनि आफै मरी
 बिचरी चरी पिरमा परि
 एकदिन त्यो पनि आफै मरी
 

Audio Features

Song Details

Duration
04:56
Key
7
Tempo
143 BPM

Share

More Songs by 1974 A.D

Similar Songs