Hamro Nepalma

6 views

Lyrics

घरआँगन अनि साथीभाइ
 दर्शन, नमस्ते है सबैलाई
 सुखदुःख भन्नु यस्तै रैछ
 को आफ्नो विदेशमा, को पराई?
 ठूला सहर यहाँ, बेग्लै सोचाइ
 आइपुगेँ म पनि केही गर्नलाई
 सबैलाई सम्झना मनबाट नै
 आशा छ, माया यो नमरोस् है
 मेरो तन अहिले यहाँ भए नि
 मन भने, सान्नानी, उतै छ हाम्रो नेपालमा
 हाम्रो नेपालमा
 मन थिएन यहाँ आउनलाई
 मरिमेटी धन कमाउनलाई
 के गर्नु? देशभरि बेरोजगारी
 थाम्न सकिएन ऋणको भारी
 आमा मेरी, तिमी क्षितिजपारि
 याद आउँछ झलझली मुटुभरि
 बाबा र बहिनीलाई ठिकै छ नि?
 सम्झन्छन् होला नि मलाई पनि
 मेरो तन अहिले यहाँ भए नि
 मन भने, सान्नानी, उतै छ हाम्रो नेपालमा
 हाम्रो नेपालमा
 ♪
 माया मेरी, तिमी नरुनू है
 आउनेछु म, अलि पर्खनू है
 जिन्दगीमा मेरो तिमीबाहेक
 कोही छैन, चित्त नदुखाउनू है
 सन्चै छु म, पीर नलिनू है
 समयले कहाँ पुऱ्याइदियो, खै
 मेरो तन अहिले यहाँ भए नि
 मन भने, सान्नानी, उतै छ हाम्रो नेपालमा
 हाम्रो नेपालमा
 हो, मेरो तन अहिले यहाँ भए नि
 मन भने, सान्नानी, उतै छ हाम्रो नेपालमा
 प्यारो नेपालमा
 

Audio Features

Song Details

Duration
04:41
Key
9
Tempo
174 BPM

Share

More Songs by Neetesh Jung Kunwar

Albums by Neetesh Jung Kunwar

Similar Songs