Sathi

5 views

Lyrics

धेरै दिनबाट यहाँ शून्यता, कालो बादल छाएको जस्तो
 ♪
 ए साथी, तिमी कहाँ छाै भन न, लामो दिनहरू काट्न नै गाह्रो भो
 
 सानो छँदा हामी खेल्ने गर्थ्याैँ त्यो गल्लीमा, छिमेकी कराउँथे साह्रो
 ♪
 आज को कता छ, को कता छ, तर मनले मेरो बाल्यकाल नै पुकार्यो
 खोजिरहेको छु दिनहरू त्यस्तै, जवानीले कहाँ पुरायो?
 बाटो छ बेग्लै, तर भेट्नेछाैँ हामी, निराश हुनुपर्दैन, भो
 ♪
 साँझ यताबाट तारा हेर्छु, तिमी पनि उताबाट हेर है
 चम्किला तारा, सारा मेरा प्यारा साथीभाइ, हेरी नजिकियाैँ है
 जीवनको बाटो भन्थे घाम र छाया, छाता ओढेर कटाउनैपर्ने
 ♪
 बच्चादेखि पढीलेखी अघि बढ्याैँ हामी सँगै, अब जानु नै पर्ने
 कोहीलाई बन्नु छ ठूलो मान्छे, कोही भने घडीसँगै
 बिताउँछन् जिन्दगी जसरी, तर साथी भए हुन्छ सजिलै
 ♪
 सम्झना बाँकी छ हाम्रा ती पलको
 सँगै नहोला हामी तर साथ सधैँभरको
 सम्झना बाँकी छ हाम्रा ती पलको
 सँगै नहोला हामी तर साथ (साथ) सधैँभरको

Audio Features

Song Details

Duration
03:41
Key
11
Tempo
174 BPM

Share

More Songs by Sushant KC

Albums by Sushant KC

Similar Songs