Kuraakaani

6 views

Lyrics

हेर्दाहेर्दै नसरेरै बगी गएँ म
 तिम्रो सोचाइ, तिम्रो बोलाइको तरङ्गमा
 बगाएर लग्यौ मलाई, म तैरिएर आइदिएँ
 तिम्रो नजरमा बेरिँदै परेलीमा म अल्झिएँ
 ♪
 घाम ढल्की साँझ फेरि फर्की आएछ
 मेरो मनचाहिँ तिमीसँगै उडी गएछ
 उडाएर लग्यौ मलाई, म सुल्किएरै आइदिएँ
 तिम्रै लागि बनेँ कि, खै, म तिमीमै आई टुङ्गिएँ
 ♪
 थरीथरी छन् रङ्ग तिम्रा जगत नै रङ्गाउने
 गगनसरिको मन तिम्रो नक्षत्र नै अटाउने
 थरीथरी छन् रङ्ग तिम्रा जगत नै रङ्गाउने
 गगनसरिको मन तिम्रो नक्षत्र नै अटाउने
 

Audio Features

Song Details

Duration
04:22
Key
5
Tempo
93 BPM

Share

More Songs by Sajjan Raj Vaidya

Albums by Sajjan Raj Vaidya

Similar Songs