Mayaloo
6
views
Lyrics
भन, माया, कता गयो त खै गरेका कुरा ती सबै मायाको? म त यतै उभेर बसेछु यतै नै कुरिरहेछु हिजोजस्तै खै त तिमी संसारै छोडेर आकाशको तारा बोकेर आएको? मेरो आँसु झरेर गइसके फुटेर धूलो भइसके आशाहरू तिमी त गयौ छोडी मलाई, बोकेर माया तिम्रो सबै लिएका कसमहरू सबै बिर्सेर म त यतै अल्झिरहेँ, तिम्लाई बाटो कुरिरहेँ शायद आउँछौ तिमी भोलि भनेर, मायालु, -लु ♪ थाहा छ, माया? म पहिलेजस्तै बिहान उठेर सधैँ तिम्लाई खोज्छु (खोज्छु) शायद अब तिम्रो आवाज सुन्दिन तर म कहिल्यै भुल्दिन दिनहरू जब तिमी संसारै छोडेर मुटुमा माया बोकेर आएथ्यौ राती-राती निदाउनै ननिदाई गीत लेखेर मलाई सुनाउँथ्यौ तिमी त गयौ छोडी मलाई, बोकेर माया तिम्रो सबै लिएका कसमहरू सबै बिर्सेर म त यतै अल्झिरहेँ, तिम्लाई बाटो कुरिरहेँ शायद आउँछौ तिमी भोलि भनेर, मायालु, -लु मायालु, -लु
Audio Features
Song Details
- Duration
- 04:06
- Key
- 9
- Tempo
- 140 BPM